प्यूठानमा भएको बस दुर्घटनामा परि २ जनाको मृत्यु हुनुका साथै ९ जना गम्भिर घाइते भएका छन् । विजुवाटारबाट बाहाने बजार जाँदै गरेको लु १ ख ५५७५ नं को यात्रुबाहक बस विहिबार दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको घटनास्थलमै अर्को एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा फोप्लीका दिलसन जिएम र खगी पुन रहेका जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पत्ताल विजुवारमा र लाइफ केयर हस्पिटल बाग्दुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।