पृथ्वीराजमार्गको खण्डको मलेखु–मुग्लिङ सडक खण्डमा अबरुद्ध भएको छ।
धादिङको जोगीमारामा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ। पहिराले सडक अवरुद्ध हुँदा दुवैतर्फका यातायातका साधन सञ्चालन हुन पाएका छैनन्।
सडक अबरुद्ध भएपछि राजधानीबाट पूर्वपश्चिम जाने यात्रु बीच बाटैमा अलपत्र परेका छन्। सो क्षेत्रमा पसलसमेत नभएकाले भोकै परेका छन्। विहिबार दिउँसोदेखि आएको पहिराले सडक अवरुद्ध भएको हो।