यो साता चार नेपाली फिल्म एकसाथ रिलिज भएका छन्। आज शुक्रबारबाट 'अन्तराल', 'खग्रास', 'युज' र भोजपुरी भाषाको नेपाली फिल्म 'माया दिउँभै भो' रिलिज हुन लागेका हुन्।
जीवनसाथी फिल्मसको व्यानरमा बनेको 'अन्तराल' दीपा बस्नेतद्धारा निर्देशित फिल्म हो । जीवनको लक्ष्य पूरा गर्न नेपालका भिन्दाभिन्दै ठाउँबाट राजधानीमा भेला भएका ४ युवाको संघर्ष र सफलताको कथालाई 'अन्तराल'मा समावेश गरिएको छ।
युवापुस्ताले देख्ने विभिन्न सपना र सपना पूरा गर्नका लागि गर्नुपर्ने संघर्षको विषयवस्तुलाई फिल्ममा रोमाञ्चक ढंगले प्रश्तुत गरिएको छ । चलचित्र सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको यो फिल्ममा जिन्दगी दौड हो, यो दौडमा हिम्मत नहारी दौडिरहने व्यक्ति एकदिन अवश्य सफल हुन्छ भन्ने देखाउन खोजिएको निर्देशक दीपा बस्नेतले बताइन् ।
बीबी बस्नेत र लक्ष्मीकान्त पाण्डेको निर्माण रहेको फिल्मको लेखन अभिमन्यू निरवीले गरेका छन्। शशिविक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा रुवी राणा, राजकुमार पुडासैनी, कमलमणि नेपाल, घनुभाइ जोशी, नम्रता सापकोटा, मानव सुवेदी, अशिस्मा नकर्मी, उज्ज्वल शर्मा भण्डारी, अमितेश शाह, जेसिका बोगटीलगायतले अभिनय गरेका छन्।
यस्तै वैकल्पिक सिनेमा नेपालको प्रस्तुति र शैलेश आचार्यको निर्देशनमा बनेको फिल्म ‘खग्रास’ पनि शुक्रबार रिलिजमा आएको हो । डोमिन आचार्य, कल्पना आचार्य, भावना आचार्य तथा दुर्गा पोखरेलले संयुक्त लगानि रहेको फिल्म खग्रास माओवादी द्वन्द्वकालको घटनालाई समकालीन राजनीतिसँग जोडेर बनाइएको फिल्म हो ।
न्यूह बज्राचार्य र सुगम पोखरेलको संगित रहेको फिल्ममा संयोग पोखरेल, सुनील पोखरेल, सोनी केसी, दुर्गा बराईली, एन्थोनी विलेट, एलिस प्रोयलगायतको अभिनय रहेको छ । फिल्ममा मूख्य भूमिकामा रहेका संयोग पोखरेल शाहीकालीन मन्त्री दुर्गा पोखरेलका छोरा हुन् ।
फिल्ममा कथा सामीप्य तिमिल्सिना, पटकथा र संवाद शैलेश आचार्य र नयनराज पाण्डे, गीत दुर्गालाल श्रेष्ठ, विप्लव प्रतीक र रमण घिमिरे, नृत्य अर्जुन बिसी, छायांकन रमेश धमला र ओमकार गौचन र सम्पादन निलहरि काफ्लेको छ।
बाबु बलामी निर्देशनमा बनेको सेक्स र अश्लीलता हाबी भएको फिल्म यूज पनि आजैबाट रिलिज भएको छ । सीमा केसी, सुभाष मेचे, जयकिशन बस्नेत, बाबु बलामीलगायतको अभिनय रहेको छ ।
दर्शन आर्टको ब्यानरमा मुम्बईमा रहेका नेपाली व्यवसायी दीपक अधिकारीले चलचित्र ‘माया दिऊँभैँ भो’ लाई निर्माण गरेका हुन् ।दीपक अधिकारीको निर्देशन रहेको फिल्म ‘माया दिउँझैँ झैँ भो’ एउटा प्रेम, एक्सन र पारिवारिक कथा समेटीएको छ । भोजपुरी र नेपाली दुई भाषामा निर्माण भएको फिल्ममा दक्षिण भारतकी अभिनेत्री सोनाली जोशीको अभिनय छ ।
विराज भट्ट, पुजना प्रधान, सोनाली जोशी, पुष्कर भट्ट, विनय आनन्दलगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् । सुरेश अधिकारीको संगीत कानु मुखर्जीको नृत्य, मोजिस कौशलको द्वन्द्व छ