आफुले माँगेजतिको रकम नदिएको भन्दै बसका कन्डक्टर कुट्ने युवकलाई प्रहरीले पक्राउ गरेपछि बन्द राजमार्ग खुलेको छ। पुर्वपश्चिम राजमार्गको लहान खण्ड भएर चल्ने बसहरुबाट जबरजस्ती रकम अशुली गर्ने लहान ३ का प्रमोद कुमार महतो पक्राउ परेको प्रहरीले जनाएको छ।
काठमाण्डौबाट बिराटनगरतर्फ जादै गरेको ना ४ ख ३९९२ नम्बरको रात्रीवसलाई रोकेर मागेको दुई सय रुपैया नदिएपछि बसका कन्डक्टर सन्तोष भुजेलमाथि महतो सहितका पाँच सात जना युवाहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट सन्तोषको टाउँको फुटेको प्रहरीले जनाएको छ। ती युवाहरुले असुलीको प्रतिकार गर्ने यात्रुलाई समेत हातपात गरेको बसका यात्रुले बताए।
जबरजस्ती रकम असुली र कुटपिटको बिरोधमा यातायात व्यवसायीहरुले विहान साढे सात बजेदेखि १० बजेसम्म पुर्वपश्चिम राजमार्गको लहान खण्ड अबरोध गरेका थिए। प्रहरीले दोषिलाई पक्राउ गरि कारबाही गर्ने आश्वसन दिएपछि अवरोध खुलेको हो