तत्कालिन लडाकुको चितवन शक्तिखोरस्थित शिविर सरकारी निकायबीचको लामो रस्साकस्सीपछि नेपाली सेनालाई दिइने भएको आजको कान्तिपुरमा खबर छ।
भौतीक सुंरचना सहितको क्षेत्र कसले लिने भन्नेबारे गृह र रक्षा मन्त्रालयबीच हानाथपा नै चलेको थियो। गृहसचिव नबिन घिमिरेले नेपाली सेनाले लडाकु समायोजन गर्न सेना मातहत बनाएको राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयको मुख्यालय नै राख्ने मनस्थिति बनाएपछि दिन लागिएको बताए। व्यापक जिम्मेबारी सहितको महानिर्देशनालय राजधानीबाहिर गठान हुने सेनाको पहिलोृ महत्वपूर्ण विभाग हुनेछ।