वर्षौदेखि योजनाका कितावमा थन्किएर पनि सर्वाधिक चर्चामा रहने काठमाडौ–हेटौडा सुरुङ मार्ग अब भने बन्ने छाँट देखिएको छ ।
सरकारले नेपाल पूर्वाधार विकास कम्पनीलाई करिब ६० किलोमिटर लामो उक्त मार्ग बनाउने स्विकृती दिएपछि मुलुककै पहिलो सुरुङ मार्ग बन्ने छाँट देखिएको हो ।
भौतिक योजना तथा निर्माण मन्त्रालय र कम्पनीबिच मंगलबार सुरुङ मार्गको परियोजना सञ्चालनको सबै औपचारिकता पुरा भएको छ । समारोहमा कम्पनीका अध्यक्ष कुशकुमार जोशीले ‘अब सुरुङ मार्ग निर्माणले गति लिने’ बताए ।
झण्डै ६० किलोमिटर लामो हुने परियोजना लागत करिब ३५ अर्ब हुने अनुमान गरिएको छ । कम्पनीले विभिन्न नेपाली लगानीकर्ताहरुको समुह बनाएर सुरुङ मार्ग निर्माण गर्ने दावी गर्दै आएको छ । निर्माण, सञ्चालन र हस्तान्तर (बुट) प्रणाली अन्तर्गत उक्त परियोजना अघि बढाउन लागिएको हो ।
प्रकाशित मिति: 2013-05-21 20:05:32