समायोजन रोजेका माओवादी पूर्वलडाकूले नेपाली सेनामा औपचारिक दर्जा पाएका छन् । दलहरूबीच भएको सहमतिअनुसार अधिकृत तहमा समायोजन रोजेका ७० जना माओवादी पूर्वलडाकूले गत शनिबारदेखि नेपाली सेनाको औपचारीक दर्जा पाएका हुन् ।
नेपाली सेनाका प्रबक्ता सहायक रथी सुरेश शर्माले समायोजनमा छनौट भई तालिमलिइरहेका माओवादीका पूर्व लडाकलाई नेपली सेनाको औपचारिक दर्जा निर्धारण गरेको जानकारी दिए । सैनीक स्रोतका अनुसार समायोजन रोजेकामध्ये १६ जना पूर्व लडाकूलाई नेपाली सेनाको सेनानी (मेजर)को दर्जा दिइएको हो ।
तलिममा देखाएको क्षमता र योग्यताका आधारमा १६ जनालाई समायोजनको सबैभन्दा माथिल्लो तह सेनानी बनाइएको स्रोतको भनाइ छ ।
१६ पूर्व लडाकूमध्ये तालीममा देखाएको उत्कृष्टता र क्ष्मताको आधारमा एकजना महासेनानी र दुई जना प्रमुख सेनानीमा बढुवा हुने सैनिक स्रोतले जनाएको छ ।