नेपाली कांग्रेसका सभापति शुशील कोइराला महाराजगन्जस्थित आफ्नो निवासबाट पुरानो‘कोइराला निवास’मा डेरा सर्न लागेको हुन् । तत्कालिन कांग्रेस सभापति गिरीजाप्साद कोइरालाको निधनपछि शुशील माहाराजगन्जस्थित रक्षा राजभण्डारीको घरमा बस्दै आएका थिए । शुशील नाताले भतिज पर्ने बीपी कोइरालाका कानछा छोरा शशांक कोइरालाको महाराजगन्जस्थित घरमा अर्को साता सर्न लागेका आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
आर्थिक भार कम पर्ने कारण देखाए पनि डेरामा रहेको आफ्नो निजी सचिवालायसँग शुशील सन्तुष्ट नरहेको कांग्रेसका एक नेताले बताउ । शुशील दा शनिबर इलाम जानुहुन्छ । त्यहाँबाट फर्केपछि शशांक डाक्टरशाबकोमा सर्नुहुन्छ । शुशीलसँग लामोसमयदेखि बस्दै आएका कोइराला परिवारका निकटस्थ वीरेन्द्र दाहालले बताए ।