राजधानीमा जारी गोर्खा कप फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले टुसाल क्लबलाई एक दर्जन गोल अन्तरमा हराएको छ ।
आइतरबार दशरथ रंगशालामा भएको पहिलो खेलमा ए डिभिजन लिगको उप–विजेता मनाङले बी डिभिजन क्लबको उप-विजेता टुसाल क्लबलाई १२–० गोल अन्तरमा हराएको हो ।
मनाङको जितमा अनिल गुरुङले ४, रुपेष केसी र योना इलियस दुई– २ तथा सुजल श्रेष्ठ, दीपक राई, शिव ङेष्ठ र नविन न्यौपानेले एक एक गोल गरेक थिए ।