पूर्वपश्चिम महेन्द्र राजमार्गको कावासोती नारायणगढ सडकखण्ड अन्तर्गतको लोकाहा खोलाको डाइभर्सन चौथोकपट बगाउँदा फेरी यातायात सेवा अवरुद्ध भएको छ ।
लगातार परेको बर्षाले सोमबार चौथो पटक सडकको डाईभर्सन भत्काएको हो । डाइभर्सन भत्किएपछि राजमार्गमा सवारीको लाईन लागेको छ भने हजारौ यात्रुहरु अलपत्र परेका छन्।
शनिबार राती डाइभर्सन बगाएपछि करिब १० घन्टा यातायात अवरुद्ध भएको थियो । आइतबार १ बजेबाट पुनस् एकतर्फि सडक सञ्चालनमा आएपनि गएराती परेको पानीले चौथोपटक डाइभर्सन बगाएको हो ।
खोलामा आएको बाढीले गत जेठ ७ गते सुरु भएको डाइभर्सनको काम १०, १२ र १३ गरि चार पटक सडक विभागले काम चलाउ बनाईएको डाईभर्सन बगाएको हो ।
खोलामा पानीको बहाव धेरै भएकाले पुन डाइभर्सनको मर्मत गर्न केहि समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । प्रहरका अनुसार खोलामा पानीको बहाव कम भएपछि डाइभर्सनको मर्मत कार्य थालिने र यातायात सुचारु हुने बताएको छ ।