नेपाली कला क्षेत्रमा १९६० को दशक निकै महत्त्वपूर्ण मानिन्छ।
यही समयमा युरोपियन अर्थात् आधुनिक कला नेपालमा भित्रिएको थियो।
समकालीन कलामा रमाइरहेका कलाकार आधुनिक कलामा आकर्षित भएका थिए। त्यसमा क्युविजम, सररियालिजम, एब्सट्रयाक्ट लगायतका कला भित्रिएका थिए।
पुलचोकस्थित विकल्प आर्ट ग्यालरीमा ६० कै आसपासमा बनाइएका कला संग्रहित गरेर ‘प्यानोरमा सिक्सटिज’ प्रदर्शन भइरहेको छ।
मनोज बाबु मिश्र, शशी विक्रम शाह, बस्त गोपाल वैद्य, कृष्ण मानन्धर, रमानन्द जोशी, इन्द्र प्रधान, गहेन्द्रमान अमात्य र शशीकला तिवारी गरी ८ कलाकारको कला प्रदर्शनीमा राखिएको छ।
शशी शाहको घोडा, गहेन्द्रमान, कृष्ण मानन्धर, बस्त गोपाल वैद्यको मिक्स मिडिया, मनोज बाबु मिश्रको ‘सेल्फ पोट्रेट’ लगायतका त्यही समय आसपासमा बनाएका कला प्रदर्शनीमा देख्न सकिन्छ।