यतिबेला दसैंको तम्तयारी चलिरहेको छ। कुपन्डोल युएनपार्क नजिकैका मूर्तिकार भने मूर्ति बनाएर बेच्न व्यस्त छन्। विभिन्न देवीदेवता र विशेषगरी दुर्गा माताको मूर्ति तयार गरिसकेका उनीहरू अहिले ग्राहकलाई बुझाइरहेका छन्।
युएन पार्क पार गरेपछि बागमतीको पुल नपुग्दै सकडबाटै उनीहरूको कारखाना देखिन्छ। प्लास्टिकको टहरामूनि उनीहरूले महिना दिनअघिदेखि दसैंको लागि मूर्ति बनाउने तयारी थालेका थिए।
९ दिनसम्म हुने नवरथाका लागि यी मूर्ति बनाइएका हुन्। दुर्गाको सेटमा गणेश, कार्तिक, लक्ष्मी, सरस्वती, सिंहलगायत आकृति हुन्छन्। एक सेट बनाउन १०-१२ दिन लाग्ने मूर्तिकार अरूण पण्डितले बताए।
यी मूर्ति २ सय देखि अढाई लाख रूपैयाँसम्ममा बिक्री हुने उनले बताए।
मूर्तिमा माटो, बाँस, काठ, किला, औजार, कपडा, रंग लगायत सामाग्री प्रयोग भएका छन्। नवरथा सकिएपछि यी मूर्ति खोलामा बिसर्जन गरिन्छ।















प्रकाशित मिति: आइतबार, असोज ९, २०७९, ०४:१०:००