मंगलबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। परिसूचक ९ अंकले घटेर २९८५ अंकमा झरेको छ।
त्यस्तै दिनभर ७ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि सोमबार १४ अंकले बजार बढ्दा ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
समूहगत रुपमा हेर्दा ब्यापार १२६, होटल तथा पर्यटन ६०, जलविद्युत ३५ र उत्पादन समूह १४ अंकले बढेका छन्। बैंकिङ ०.७४, विकास बैंक ३८, फाइनान्स ३२, निार्जीवन बीमा १८८, अन्य २६, माइक्रोफाइनान्स २७ र जीवन बीमा समूह १२६ अंकले घटे।
यस दिन हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य मूल्य कमाएका छन्। धेरै मूल्य बढेका ५ कम्पनीमा ४ कम्पनी हाइड्रोपावर छन्।
माउन्टेन हाइड्रो नेपालको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ। त्यस्तै बरुण हाइड्रोको ७.७, सिइडिबी हाइड्रोको ७.४, अरुणभ्याली हाइड्रोको ६.६ प्रतिशतले मूल्य बढेको छ। यस दिन वाणिज्य बैंकमा कृषि विकास बैंकको सबैभन्दा धेरै ६.४ प्रतिशतले मूल्य बढेको छ।
राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको मूल्य सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ। त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको मूय ४.७ प्रतिशतले घटेको छ। अरु घट्ने कम्पनीको मूल्य गिरावट भने ३ प्रतिशतमुनि रह्यो।
अरुणकाबेलीको सबैभन्दा धेरै ३८ करोड रुपैयाँको सेयर किनबेच भयो। त्यस्तै अरुणभ्याली हाइड्रोको २६ करोड रुपैयाँ बराबरको कारोबार भयो।