तिमीले उठाएको बन्दुकको नालले
तिमीलाई नै ताकिरहेको देख्छु,
तिमीले बाँधेको शिरको
रक्तिम कफनले तिम्रै
घाँटी कसिरहेको देख्छु।
बा, तिम्रो विचार त
भरुवा बन्दुकको जस्तो
होइन, तिम्रो विचार त
मार हान्ने मिसाइल जस्तो छ।
तिमी चम्किँदा दुनियाँ डराएको
बिर्सेऊ, अनि तिम्रो आँखामा
सपना अटाएको बिर्सेऊ?
तिमीलाई झुत्रो बनाएर
सत्ता चलाउनेहरुसँग
प्रश्न गर्न मन लाग्दैन?
या त तिमी थाकेऊ?
अह! मलाई लाग्दैन तिम्रो
विचार भरुवा बन्दुकको
जस्तो छ,
तिमी त मार हान्ने
क्षेपयाष्त्र हौ मात्र
गर्जन बाँकी छ,
तिमीले उठाएको बन्दुकले
गणतन्त्र लेख्न मिल्दो रहेनछ।
एकपटक मुख खोलिदेऊ
तिमीमाथि रजाई गर्नेहरुलाई
तिम्रो के प्रश्न छ?
यो देशको माटो,
गतिशील गणतन्त्र,
एउटै माला नेपाली,
होइन र?