सामाखुसीस्थित नेपाल प्रहरी स्कुलमा कक्षा ८ मा अध्ययनरत कुन्दन थापाको मृत्युको कारण सार्वजनिक नगरिएकोमा पीडितका आफन्त विरोधमा उत्रिएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
थापाको स्कुल परिसरमा चैत १६ गते रहस्यमय रपमा मृत्यु भएको थियो। मृत्यु भएको १८ दिन बितिसक्दा पनिके कारणले घटना भएको हो थाहा पाउन नसकेको पीडितका आफन्तले बताए।
थापाको मृत्युलाई लिएर अविभावकहरूले ११ दिनदेखि स्कुलको गेटमा धर्ना दिइरहेका छन्। के कारणबाट मृत्यु भएको हो भन्ने प्रहरीले घटनाबिवरण सार्वजनिक नगर्दा आफन्तहरू आक्रोशित भएका हुन्। नवलपरासी घर भइ टोखा नगरपालिका-१३ बस्ने कुन्दनको स्कुल परिसरभित्र सार्वजनिक विदाको दिन चैत १६ मा मृत्यु भएको थियो।