महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था अन्त्य हुने भएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। मुलुकी ऐनको नयाँ व्यवस्थालेयसको समाधान गर्ने प्रावधान राखेको हो।
नयाँ व्यवस्थामा कुनै पुरूषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरूष र महिलाबीच स्वतः विवाह भएको मानिने र विवाहसरहको हक लाग्ने भएको छ।
समितिकोक प्रतिवेदन हाल संसदमा छलफलको क्रममा छ। अब बस्ने संसद बैठकले प्रतिवेदन पारित गर्नेछ। संसदबाट पारित भएपछि ती कानुन ७५ भदौ १ गतेबाट लागू हुनेछ।