प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधान न्यायाधीशमाथि सरकारले गम्भीर अपराध गरेको आरोप लगाएका छन्। मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सम्बोधन गर्दै ओलीले अर्थ मन्त्रालयले पेन्सनपट्टा बनाउन रोकेर अपराध गरेको दाबी गरेका हुन्।
'पेन्सनपट्टा बनाउन अर्थ मन्त्रालय जाँदा महाभियोग दर्ता भएकाले बनाउन अस्वीकार भएछ,’ ओलीले भने, 'त्यो भन्दा बढी ह्युमिलिएसन केबाट होला?' व्यवस्थापिका संसदको बैठक आधा घण्टा ढिलो दिउँसो साढे १ बजे सुरु भएको छ। यसअघि एमालेको अवरोधका कारण अवरुद्ध हुँदै आएको संसद बैठक हिजोको सहमति पछि सुचारु भएको हो।
बैठकको सुरुमा सभामुख ओनसरी घर्तीले विपक्षी नेता केपी ओलीलाई सम्बोधन गर्न समय दिएका छन्। हेर्नुस् लाइभ
https://www.youtube.com/watch?v=w3nvvvkrCxk