म्यानचेस्टर युनाइटेडले आगामी सिजनका लागि बेनिफिकाका डिफेन्डर भिक्टोर लिन्डेलोफलाई भित्र्याएको छ। स्विडेनका २२ वर्षीय डिफेन्डरका लागि इङ्लिस क्लबले ३ करोड १० लाख पाउण्ड खर्चेको हो। लिन्डेलोफले स्विडेनबाट १२ अन्तर्राष्ट्रिय मात्र खेलेका छन्।
नयाँ अनुबन्धपछि उनी म्यानचेस्टरका सबैभन्दा महंगा डिफेन्डर बन्न पुगेका छन्। यसअघि म्यानचेस्टरबाट खेल्ने डिफेन्डरमा सबैभन्दा महंगा रियो फर्डिनान्ड थिए। सन् २००२ मा फर्डिनान्डका लागि म्यानचेस्टरले २ करोड ९१ पाउन्ड लाख खर्चेको थियो।
‘म अचम्मित छु,’ लिन्डेलोफले ४ वर्षको लागि म्यानचेस्टरसँग सम्झौता गरेपछि भने। सेन्टर ब्याकको भूमिकामा बेनिफिकाबाट उनले ४७ खेल खेलिसकेका छन्। ‘भिक्टोर निकै प्रतिभाशाली युवा खेलाडी हुन, युनाइटेडमा उनको करिअर उज्वल छ,’ प्रशिक्षक जोसे माउरिन्होले भने।