राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलले निर्वाचन आयोगलाई कठपुतली बनाएको अारोप लगाएका छन्।
सरकार र राष्ट्रिय जनता पार्टीबीच प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सार्ने सहमति भएपछि ट्विट गर्दै थापाले सरकारले गलत निर्णय गरेको उल्लेख गरेका छन्।
‘दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णयले गलत सन्देश दिएको छ, निर्णय अदुरदर्शी र अपरिपक्व छ। निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजिएको छ’, थापाले लेखेका छन्।
आजै बिहान सरकारले चुनाव सार्ने विषयमा निर्वाचन आयोगसँग छलफल गरेको थियो। आयोगले चुनाव सार्न नहुने बताएपनि सरकारले राजपासँग चुनाव सार्ने सहमति गरेको थियो। नयाँ मितिका बारेमा सरकारले आयोगसँग छलफल गरिरहेको छ।