बाजुराको बुढीगंगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका दिपकविक्रम शाह प्रमुख र तारादेवी खाती उपप्रमुखमा विजयी भएका हुन्।
यसअघि नेपाली कांग्रेसले बढिमालिका र त्रिवेणी नगरपालिकामा पनि विजय हासिल गरिसकेको छ ।
बुढीनन्दा नगरपालिकमा मतगणना जारी छ । यो नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले दुई र एमालेले तीन गाउँपालिकमा विजय हासिल गरेका छन् ।