मोरङको कटहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेस विजयी भएको छ। अध्यक्षमा रामकुमार कामत र उपाध्यक्षमा मञ्जिताकुमारी सरदार विजयी भएका हुन्। कामतले ४ हजार ५ सय ६ मत पाएका थिए भने सरदारले ४ हजार ४ सय ९४ पाएकी थिइन्।
प्रतिस्पर्धी एमालेका अध्यक्षका उम्मेदवार मुक्तिनारायण राजवंशीले ३ हजार ७ सय ८१ मत तथा एमालेकै उपाध्यक्षकी उम्मेदवार सुमनकुमारी सरदारले ३ हजार ७ सय ५५ मत ल्याएकी थिइन्।