नेपाल क्लियरिङ हाउस (एनसिएचएल)ले अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने कारोबारमा शुल्क घटाएको छ।
आगामी साउन १ गतेदेखि लागू हुनेगरी महशुल घटाइएको एनसिएचएलले जनाएको छ। ठूलो कारोबार गर्नेका लागि ८५ प्रतिशतसम्म शुल्क घटेको छ। ५० लाखभन्दा बढीको अन्तरबैंक कारोबार हुँदा १ सय रुपैयाँ शुल्क लाग्दै आएकोमा अब १५ रुपैयाँ मात्रै लाग्ने छ।
नयाँ शुल्कअनुसार पाँच सय रुपैयाँसम्मको कारोबारमा दुई रुपैयाँ, पाँच सयदेखि पाँच हजारसम्मको कारोबारमा पाँच रुपैयाँ शुल्क लाग्नेछ।
पाँच हजारदेखि ५० हजारसम्म १० रुपैयाँ र ५० हजारभन्दा माथि प्रतिकारोबार १५ रुपैयाँ शुल्क लाग्नेछ।
विद्युतीय भुक्तानी प्रणालीमार्फतको अन्तरबैंक शुल्क घटेसँगै नगदरहित कारोबार समेत बढ्ने विश्वास कम्पनीको छ। साउनदेखि १० लाख रुपैयाँभन्दा बढी रकम नगद झिक्न नपाइने व्यवस्था लागू गर्ने तयारी भएसँगै अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने कारोबार शुल्कलाई कमी गरिएको हो।