एएफसी यु–२३ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल यु–२३ र बंगलादेश यु–२३ बीच मैत्रीपूर्ण खेल खेलिरहँदा स्वास्थ्यमा समस्या भएपछि कप्तान बिमल घर्तिमगर बाहिरिएका छन्। खेलको ३०औ मिनेटमा बिमललाई विश्वास श्रेष्ठले रिप्लेस गरेका हुन्।
यसअघि खेलको २०औं मिनेटमा नेपालका लागि पहिलो गोल गर्दै बिमलले खेलमा अग्रता लिएका छन्। अहिलेसम्म नेपाल १-० गोलले अगाडि रहेको छ।