इटलीको भेनिसमा भएको ७२ औं भेनिस फिल्म फेस्टिवल अन्तरगतको क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड जितेको ‘कालो पोथी’का निर्देशक मीन बहादुर भामले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् ।
भामले घोषणा गरेको फिल्मको नाम ‘चिसो वर्ष’ हो । हाल लेखनको चरणमा नै रहेको फिल्ममा बहुपति प्रथामा आधारित हुनेछ ।
कलाकार तय नगरिएको फिल्म सन् २०१९ मा फ्लोरमा जाने बताइएको छ ।