मुलुकमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) भित्र्याउन सरकारले नीतिगत सुधार तथा अन्तर्राष्ट्रिय सम्मेलनसमेत आयोजन गरेकै वर्ष एफडीआई भने निराशाजनक देखिएको छ। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।
अघिल्लो वर्ष भूकम्प र भारतीय नाकाबन्दीले एफडीआई घटेको दावी गरिएपनि यस वर्ष भने लगानी झन् घट्नुलाई आश्चर्यजनक रुपमा लिइएको छ।
सरकारले बिदेशी पुाजी परिचालन तथा बैदेशिक लगानी बृद्धिका लागि भन्दै गत आर्थिक वर्षमा औद्योगिक ब्यवसाय ऐन, बिशेष आर्थिक क्षेत्र (सेज) ऐन संसदबाट पारित गरेको थियो। लगानीका लागि अर्को महत्वपूर्ण ऐन पनि पारितका लागि प्रक्रिया अघि बढिसकेको छ।