नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दी अनुसार बढुवा गर्दा ‘आफ्ना’ छुट्ने भएपछि ३ पद बढाएर ११ पुर्याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ।
११ पद बढाएर बढुवा सिफारिस सूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजी दरबन्दी १३ पुर्याउन सहमत भएका हुन्। यो खबर केपी ढुंगानाले आजको नागरिक दैनिकमा लेखेका छन्।
मन्त्रिपरिषद स्रोतका अनुसार बिहिबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआइजीको दरबन्दी दुई वटा थप गर्ने सहमति भइसकेको छ। सहमति अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय गरेर गृहमन्त्रालयले थप दुई जनाको बढुवा सूची निकाल्ने तयारी भएको छ।
स्रोतका अनुसार बढुवा सिफारिसमा छुटेका हेमन्तबहादुर पाल र मधुप्रसाद पुडासैनीलाई एआक्षजी बनाउन थप दुई पद बढाउने तयारी गरिएको हो।