न्याय परिषद् सदस्यमा अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार रामेछापका भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
न्याय परिषद्ले न्यायाधीश नियुक्ति, सरूवालगायत न्याय प्रशासनसम्बन्धी कुरामा सिफारिस र परामर्श गर्ने काम गर्छ।
यसअघि परिषद् सदस्य रहेका लक्ष्मीबहादुर निरालाको वैशाख २१ गते निधन भएको थियो।