प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद चलिरहेका बेला संसद छलेर न्युनतम साझा कार्यक्रम ल्याएको बताएका छन्।
संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा कांग्रेसको अनुहार नभेटेको भन्दै उनले आलोचना पनि गरेका छन्। उनले कार्यदलले बनाएको न्युनतम साझा कार्यक्रमलाई सडकतिर बाँडेको कागजका रूपमा टिप्पणी गरेका छन्।
‘संसद किन छल्नुपर्यो? त्यसलाई मान्यता दिने कि नदिने?,’ उनले भने, ‘संसद चलिरहेका बेला संसद छलेर किन साझा न्युनतम कार्यक्रम आयो? गठबन्धनका नेताहरू फोटा देखाउन?’
उनले सत्तापक्ष र प्रतिपक्षबीच संवादहीनताको अवस्था रहेको पनि बताए।