लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वीरगञ्जमा स्वाभिमान यात्रा गरेको छ।
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा लोसपाले शनिबार वीरगञ्जमा स्वाभिमान यात्रा गरेको हो।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्लाले गाडीमा चढेर वीरगञ्जमा नागरिकलाई अभिवादन गरेका थिए।
गाडी र मोटरसाइकलमा चढेर नेता/कार्यकर्ताले नगर परिक्रमा गरेका थिए।
लोसपाले स्वाभिमान यात्रालाई शक्ति प्रदर्शनका रूपमा लिएको थियो। नगर परिक्रमापछि उनीहरूले हलमा कोणसभा गरेका थिए।
तस्बिरहरू: