नेकपा एमालेका नेता भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन्।
एमाले अछामले क्षेत्र नं १ बाट रावलको मात्रै नाम सिफारिस गरेको हो।
रावल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी २०५१ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए।
२०६४ को संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।
दसौं महाधिवशेनमा एमाले अध्यक्षमा पराजित भएका रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन्। उनले पार्टीको सल्लहाकार पद स्वीकारेका छैनन्।
महाधिवेशनमा उपाध्यक्ष बस्न ओलीले दिएको निर्देशन नमानी उनी अध्यक्षको चुनाव लडेका थिए।
अछाम क्षेत्र नं २ मा एमालेले यज्ञ बोगटीको नाम सिफारिस गरेको छ। दुवै क्षेत्रका उम्मेदवारको नाम सर्वसम्मत रुपमा गरेको एमाले अछामका अध्यक्ष चन्द्र बोहोराले सेतोपाटीलाई बताए।