राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनअघि सरकारमा नजाने भएको छ।
वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टी केन्द्रित रहेकाले सरकारमा नजाने रास्वपाका नेता दीपक बोहोराले बताए।
'हाम्रो ध्यान अहिले निर्वाचनमा छ। त्यसैले हामी सरकारमा नगएको हो,'उनले भने,'उपनिर्वाचन सकिएपछि सरकारमा जाने\नजानेबारे छलफल हुन्छ।'
वैशाख १० गते चितवन क्षेत्र नं २, बारा- २ र तनहुँ- १ मा उपनिर्वाचन हुँदैछ।