बुटवलको कालिकानगरका रबिलाल सुवेदीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको छ।
भैरहवाबाट बुटवल आउनका लागि भैरहवास्थित बुद्धचोकमा सवारी साधन पर्खिरहेका सुवेदीमाथि आईतबार साँझ अज्ञात समूहले खुकुरी प्रहार गरेको हो।
सुबेदीको दाहिने हात र दुई वटै खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ। उक्त समूहको आक्रमणबाट घाईते सुवेदीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको बुटवल उपमहानगरपालिकाका वडा अध्यक्ष राम चन्द्र् खनालले बताए।
सामाजिक कार्यमासमेत सक्रिय सुवेदी बुटवलको कालिका मन्दिर सञ्चालक समितिका सदस्य हुन्।
घटनामा सम्लग्नको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।