झापाको बिर्तामोड नगरपालिका ३ बिर्तामोडभद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर बिर्तामोड १० की ६५ वर्षीया सुमित्रा राईको मृत्यु भएको छ।
शुक्रबार बिहान ९ बजेको समयमा महिला नालीमा डुबेर मृत अवस्थामा फेला परेकी थिइन्।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाएको छ।