बर्दियामा गर्भवती महिलालाई कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
बर्दियाको राजपुर नगरपालिका वडा नं. ७ शंकरपुर निवासी चार महिनाकी गर्भवती २५ वर्षीया अनिता ठाकुरलाई कुटपिट गरेको आरोपमा स्थानीय १९ वर्षीय सुरज परियार पक्राउ परेका हुन्।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता राजकुमार बैदवारका अनुसार परियारले बिहीबार बेलुका ५ बजेतिर आफूलाई गालीगलौज गरेको भन्दै गर्भवतीलाई कुटपिट गरी घाइते बनाएका छन्।
पीडितका आफन्तले बिहीबार बेलुका ९ बजेतिर प्रहरीलाई घटनाबारे जानकारी दिएपछि प्रहरी नायब निरीक्षक प्रकाश भट्टको कमाण्डमा खटिएको प्रहरीले परियारलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी बैदवारले जानकारी दिए।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।