संविधान दिवसको अवसरमा सुदूरपश्चिमका १४ जनाको कैद मिनाहा गरिएको छ।
विभिन्न जिल्लाका कारागारमा कैद सजाय काटिरहेको उनीहरूलाई छोड्ने आदेश आएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा १५९ बमोजिम उनीहरूको कैद र जरिवाना समेत माफी दिएकी हुन्।
कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक जना र सवारी ज्यान मुद्दा दुई जना गरी तीन जनालाई आजै जेलमुक्त गरिने जिल्ला कारागार प्रमुख महेन्द्रसिंह खड्काले बताए।
यस्तै, डडेल्धुराका पाँच जना, बाजुरामा कर्तव्य ज्यान मुद्दाका दुई जना र ज्यान मार्ने उद्योगका एक जना, बझाङ, दार्चुला र कञ्चपुरमा कर्तव्य ज्यान मुद्दाका एक/एक जनाको कैद माफी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए।