सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलाली गोदावरी नगरपालिका वडा नम्वर १२ की ३० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
निमोनियाकी बिरामी समेत रहेकी उनी बुधबार मात्रै अस्पताल भर्ना भएकी थिइन्। उनको गएराति ८ बजे उपचारको क्रममा मृत्यु भएको र आज कोरोना पृष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
मृतकको शव नेपाली सेनाको टिमले गोदावरीको तेघरी सामुदायिक वनमा व्यवस्थापन गरेको छ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितका कारण १७ जनाको ज्यान गएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।