सर्लाहीमा एक पुरूषको पोखरीमा डुबेर मृत्यु भएको छ।
हरिपुर नगरपालिका वडा नम्बर ४ हरैया बस्ने ३० वर्षीय भरकुर माझीको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।
उनी मंगलबार राति ८ बजेदेखि नै बेपत्ता थिए। पोखरीमा डुबेर बेपत्ता भएको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो।
खबरपछि ईलाका प्रहरी कार्यालय हरिपुर र अगर्वा गणबाट टोली खटिएको हो। सो टोलीले बुधबार बिहान साढे १० बजे शव फेला पारेको हो।
'घर परिवारहरूले उहाँको मानसिक सन्तुलन पहिलेदेखि नै ठिक नभएको भनेका छन्,' प्रहरी निरीक्षक गिरीले भने,'त्यहाँ बेलुकी के गर्दा पस्नुभयो। पछि बेपत्ता नै हुनुभएपछि खबर भयो।'