अविरल वर्षापछि आएको बाढीले रोल्पामा एउटा बस बगाएको छ।
मर्मतका लागि ग्यारेजमा राखिएको स्कुल बस बगाएको प्रहरीले जनाएको छ।
सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौर बजारमा मर्मतका लागि उक्त बस राखिएको थियो।
ग्यारेजमा राखिएको रा १ प २०६८ नम्बरको बस गए राति बाढीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बाढीले बगाएको बसको खोजी कार्य गरिराखेको बताए।
फगाम खोलामा आएको बाढीले उक्त बस बगाए पनि अहिलेसम्म फेला परेको छैन। उक्त बस सनलाइट बोर्डिङ स्कुलको हो।
रोल्पा र प्युठानका प्रहरी मिलेर बस खोज्ने काम भइरहेको छ।