कागेश्वरी मनोहरा नगरपालिका-१ ठूलाढिकबाट ९ जुवाडे पक्राउ परेका छन्।
शनिबार दिउँसो २ बजे प्रहरीले प्रदीप खड्काको घरबाट जुवाडेहरू पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पकेराउ पर्नेमा कागेश्वरी मनोहरा-१ का दिनेश खड्का, सञ्जय तामाङ, विश्व खड्का, आशिक लामा, हर्कबहादुर तामाङ, शिवहरि खड्का, चक्रपथका दिनेश तामाङ र अर्जुन तामाङ छन्।
जुवा अखडाबाट एक लाख ७ हजार १५० रुपैयाँ बरामद भएको परिसरले जनाएको छ।
चाडबाडलक्षित विशेष सुरक्षा योजना अनुसार आपराधिक गतिविधिमाथि निगरानी बढाउने क्रममा जुवाडे पक्राउ गरिएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।
यस्तै, गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ भेनसमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका ५४ वर्षीय धनकाजी तामाङको कोठामा तास खेलिरहेको अवस्थामा पाँच जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार २ सय २५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।