१० किलो चरेससहित पर्साबाट एक महिला पक्राउ परेकी छिन्।
पर्साबाट रक्सौलतर्फ हिँडिरहेकी महिलालाई प्रहरीले चरेससहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहट पिपरिया परोवा नगरपालिका-९ की रञ्जु देवी छन्। प्रहरीको नियमित चेकजाँचको टोलीले उनलाई वीरगञ्ज-१६ शंकराचार्य गेटबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
देवीले ढाड र खुट्टामा चरेस बेरेर भारततर्फ लैजाँदै थिइन्। उनलाई हिरासतमा राखेर प्रहरीले लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरू गरेको छ।