भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा अहिले मतगणनाको तयारी भइरहेको छ।
सर्वदलीय बैठक सकिएसँगै मतगणनाको तयारी सुरू गरिएको निर्वाचन अधिकृत राधिका सुवालले जानकारी दिइन्।
'अहिले हामी मतपेटिका निकाल्दै छौं, त्यसलगत्तै गणना सुरू हुनेछ,' निर्वाचन अधिकृत सुवालले भनिन्।
भक्तपुरमा नेकपा एमालेबाट पार्टी सचिव महेश बस्नेत, कांग्रेसका कविर राणा, रास्वपाका राजीव खत्री लगायत उम्मेदवार छन्। यो क्षेत्रमा ९८ हजार ३३६ मतदाता छन्।