बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले औंल्याएको हो।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।
त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम चार दशमलव ६ डिग्री र सबभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव चार डिग्री सेल्सियस रहेको छ।
२०७८ चैत ३ गते (बिहीबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ चैत ४ गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राति : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
२०७८ चैत ५ गते (शनिबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भू-भागका केही स्थानहरूमा मेगगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावाना छ।
राति: देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेगगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावाना छ।