भिजिबिलिटी कम भएपछि उडानहरू प्रभावित भएका छन्।
शुक्रबार बिहानैदेखि भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।
बिहान आठ बजेबाटै विमानहरू उड्न सकेको छैन। पोखरा, लुक्ला, भैरहवा, ताप्लेजुङ, इलामलगायत विमानस्थलमा जाने विमानहरू उड्न सकेको छैनन्।
पोखरा जाने कतिपय उडानहरू रद्द भइसकेका छन्। बिहान ८:२० को पोखराको फ्लाइट भने अहिले उड्ने तयारी गरिरहेको तर उड्न सकेको छैन।
प्रदुषणका कारण कम भिजिबिलिटी भएको जनाएको छ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत भ्रमणमा जाने औपचारिक कार्यक्रम रहेकाले पनि केही समय अरू उडानहरू प्रभावित हुने विमानस्थलले जनाएको छ।