दुरविनको माध्यमबाट पेट नचिरिकन सानो सानो प्वाल बनाएर गरिने सर्जरीलाई ल्याप्रोस्किोपिक सर्जरी भनिन्छ।
पछिल्लो केही समययता संसारभरि नै ल्याप्रोस्कोपिक विधिबाट पेट तथा पाठेघरको शल्यक्रिया वा अपरेसनको लोकप्रियता बढ्दै गएको छ।
पाठेघर निकाल्ने, पाठेघरमा मासुको डल्ला पलाएको छ भने पाठेघरको नलीहरु खोल्न अथवा डिम्बासयमा सिस्टहरू पलाएको भएमा ल्याप्रोस्कपिक सर्जरीको माध्यमबाट अपरेसन गर्न सकिन्छ।
‘ल्याप्रोस्कोपिक सर्जरी’ र ‘ओपन सर्जरीमा’ धेरै भिन्नता छन्। ल्याप्रोस्कोपी सर्जरी गर्दा पेटमा सानो प्वाल बनाएर सर्जरी गरिन्छ।
बिरामी २४ घण्टामै घर फर्किन सक्छन्। काटेको घाउहरू नदेखिने भएकाले पनि यो सर्जरी उपयुक्त छ। ओपन सर्जरी गर्दा कम्तिमा ३ देखि ४ दिन अस्पताल बस्नुपर्छ। ल्याप्रोस्कोपिक सर्जरी केही महंगो भए पनि चाडै निको हुने भएकाले यो सर्जरीको महत्व बढेको हो।
स्वास्थ्यको दीर्घ समस्या भएका र पेटको बच्चा निकाल्न ल्याप्रोस्कोपिक सर्जरी प्रयोग गर्न मिल्दैन।
इनफर्टिलिटी समस्या समाधान गर्न समेत ल्याप्रोस्कोपिकले सहयोग गर्छ। सानो दुरविन पाठेघरमा छिराएर यसको अवस्था हेरिन्छ। यसलाई हिस्ट्रोस्कोपी ल्याप्रोस्कोपी भनिन्छ।
यसले पाठेघरमा कहिलेकाहीँ मासु पलाउने, ट्युव बन्द भएको पत्ता लगाएर त्यसको उपचार गर्न सकिन्छ।
अल्ट्रासाउण्डले सबै समस्या नदेखाउने भएकाले हिस्ट्रोस्कोपीको माध्यमबाट पाठेघरको उपचार गर्न सकिन्छ। यसले इनफर्टीलिटीको समस्या समाधान गर्न सहयोग पुग्छ।
अहिले आइभिएफको प्रचलन बढिरहेको छ। तर हिस्ट्रोस्कोपी नगरि आइभिएफमा जाँदा सफल नहुन सक्छ। पाठेघरमा मासु पलाएको छ, टुयुव बन्द छ, झिल्लीहरू छ भने त्यसलाई निकालेपछि बच्चा सजिलै बस्छ। त्यसको लागि आइभिएफ गर्नु नपर्ने हुनसक्छ।
अहिले मुख्यत ढिलो बिहे गरेका कारण इनफर्टीलिटी बढेको छ। पुरूषले पनि रक्सी चुरोट धेरै खाने भएकाले यस्तो समस्या भइरहेको छ। इनफर्टीलिटीमा महिला र पुरूष दुवैको उत्तिकै भूमिका हुन्छ।
ल्याप्रोस्कोपिक सर्जरी, इनफर्टिलिटीको उपचारमा यसको भूमिका, कस्तो अवस्थामा आइभिएफमा जाने लगायतका विषयमा केन्द्रीत रहेर प्रसुती गृह थापाथली र मिडाट अस्पताल लगनखेलमा कार्यरत स्त्री रोग विशेषज्ञ तथा ल्याप्रोस्कोपिक सर्जन डा एकता जैसवालसँग सेतोपाटीले भिडिओ कुराकानी गरेको छ।
हेर्नुहोस् भिडिओः