पद्मकन्या (पिके) क्याम्पसका छात्राद्वारा तेस्रो साइकल र्याली आयोजना गरेका छन्।
महिला हिंसा विरूद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको र्यालीमा करिब २०० जना साइकलेको सहभागिता थियो।
महिला सशक्तिकरणका साथै महिला हिंसा विरूद्ध जनचेतना फैलाउन वर्षेनी साईकल र्यालीको आयोजना हुँदै आएको कार्यक्रमका संयोजक एवं उप- प्राध्यापक योगेन्द्रमान सिंह बस्न्यातले जानकारी दिए।
कार्यक्रमबाट बचेको रकम राष्ट्रिय आविष्कार केन्द्र र अन्य कुनै आवश्यक सामाजिक संस्थालाई हस्तान्तरण गर्ने योजना रहेको उनले सुनाए।
बिहान ८ बजे सुरु भएको र्याली पद्मकन्या क्याम्पसहुँदै कमलादी गणेशथान भएर पुतलिसडक, अनामनगर, बबरमहल, पुल्चोक, माहापाल, मङ्गलबार, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, नयाँसडक, बसन्तपुर, घण्टाघर बागबजार क्याम्पस पुगेर टुंगिएको छ।
र्याली पश्चात क्याम्पस परिसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ।
पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा अध्ययनरत बिबिएम पाँचौ सेमेष्टरका छात्राद्वारा आयोजना गरिएको र्यालीमा महिला, पुरुष र बाल बालिकासहित २०० भन्दा बढी साइक्लिस्टको सहभागिता छ।