सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरूको शव परिवार तथा आफन्तहरूलाई बुझाउन थालिएको छ।
गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भएको सौर्यको जहाज दुर्घटनामा १७ जना नेपाली र एक विदेशीको मृत्यु भएको थियो भने क्याप्टेन मनीषरत्न शाक्य बाँचेका थिए। क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन्।
जहाज दुर्घटनामा परेका १८ जनाको शव पोस्टमर्टम गरिसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। शुक्रबार अपराह्नदेखि शव परिवार र आफन्तहरूलाई बुझाउन थालिएको छ।
चार जनाको शव आफन्तले बुझिसकेका छन्। को-पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, अस्विन निरौला र श्याम बिन्दुकरको शव आफन्तले बुझेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ।
-ink-1721993124.jpeg)
-ink-1721993123.jpeg)
-ink-1721993124.jpeg)
-ink-1721993123.jpeg)
-ink-1721993123.jpeg)
-ink-1721993122.jpeg)
-ink-1721993122.jpeg)
-ink-1721993801.jpeg)
-ink-1721993801.jpeg)
-ink-1721993800.jpeg)
-ink-1721993800.jpeg)
-ink-1721993799.jpeg)
-ink-1721993799.jpeg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी