पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ।
हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष भोलि शनिबार परेको छ।
यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छन्।
हिन्दुहरूका आराध्यदेव पशुपति नाथमा शिवरात्रिका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन्। यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ।
शिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्छ। पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको तयारी पूरा भएको बताएको छ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ।
यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।
पशुपति मन्दिर परिसरलाई सिँगारेर झकिझकाउ बनाइएको छ।
मन्दिर परिसरमा सरसफाइ पनि गरिएको छ। शनिबार बिहानदेखि नै पूजा गर्नेहरूको भीड लाग्ने हुनाले त्यसको पनि व्यवस्था मिलाइसकिएको पशुपति विकास कोषले जनाएको छ।
हेर्नुस् तस्बिरहरू:
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%281%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%284%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%285%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%286%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%287%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%288%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%289%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%2810%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%2811%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%2812%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%2813%29.jpg)
![](https://www.setopati.com/uploads/editor/shivaraatrii%20%2814%29.jpg)