आईसीसी विश्वकप क्रिकेट लिग टु को अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ। खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत कीर्तिपुर पुगेका छन् ।
मैदान भित्र र बाहिर दर्शकहरु खचाखच छन्। नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन्। कतिपय दर्शकहरू टिकट नपाएर बाहिरै बसेर हेरिरहेका छन्।
युएईविरुद्धको आजको खेल नेपालका लागि अति महत्वपूर्ण छ। विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ।
















































