युरो २०२० को फाइनलअघि इंग्ल्यान्डलाई २६ हजार पाउन्ड जरिवाना गरिएको छ।
युरोपियन फुटबल महासंघले इंग्ल्यान्ड र डेनमार्कबीचको सेमिफाइनल खेलमा डेनिस गोलकिपर क्यास्पर स्माइकललाई लेजर लाइट देखाइएको विषयमा अनुसन्धान ग रेको थियो।
यो विषयमा अनुसन्धान गरेपछि महासंघले इंग्ल्यान्डलाई जरिवाना गरेको हो।
इंग्ल्यान्ड र डेनमार्कबीचको सेमिफाइनल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो।
अतिरिक्त समयमा इंग्ल्यन्डले पेनाल्टी पाएको थियो। जसमा कप्तान ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए।
केनले पेनाल्टी हान्नुअघि समर्थकले डेनिस गोलकिपरको अनुहारमा ग्रीन लेजर लाइट देखाएका थिए।
गोलकिपरले सुरुमा पेनाल्टी रोके पनि रिबाउन्डमा केनले गोल गर्दा इंग्ल्यन्डले ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो।
यस्तै खेल सुरुहुनुअघि डेनमार्कले राष्ट्रिय गाएको बेलमा समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएका थिए। यस विषयमा पनि फुटबल महासंघले छानविन गरेको थियो।
दुवै विषयको छानविन गरेपछि जरिवाना गरिएको हो।
युरो २०२० को फाइनलमा इंग्ल्यान्डले आइतबार राति घरेलु मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ।