काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्।
आइतबार बिहानसम्म उनले १८९० मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत पाएका छन्।
उनीहरूबीच झन्डै आठ सयको मतान्तर छ।
यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले ९४९ मत पाएकी छन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, ०७:५०:००